-
काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट आमन्त्रण ब्याडमिन्टन प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकडेमीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ २० देखि २२ सम्म आयोजना हुने जनाएको छ ।
आमन्त्रण प्रतियोगितामा १६ टिमको सहभगिता रहने आयोजकले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा आयोजना हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । प्रतियोगितामा मेन्स डबल्स, वुमेन्स डबल्स, कर्पोरेट डबल्स, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
मेन्स र वुमेन्स डबल्समा वरीयता प्राप्त खेलाडी र कर्पोरेट खेलाडी हुनु पर्नेछ । कर्पोरेट डबल्समा कम्तिमा संस्थामा २ वर्ष काम गरेको हुनु पर्छ । मेन्स र वुमेन्स सिंगलमा शीर्ष १६ वरीयताका खेलाडीले खेल्न पाउने छन् । पाँच इभेन्ट्स मध्ये ३ इभेन्ट्स जित्ने टिमले खेल जित्नेछ ।
वरीयता प्राप्त खेलाडीको लागि विजेताले ५० हजार, उपविजेताले ३५ हजार र सेमिफाइनल खेल्नेले ३०÷३० हजार पाउने छन् । टिम च्याम्पियनलाई आकर्षक ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कुमारी बैंक रहेको छ । आयोजकले मुख्य प्रायोजकको रुपमा बैंकसँग सम्झौता गरेको छ । सम्झौतासँगै प्रतियोगिताको नाम कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप रहने छ ।
News Desk 0 response बिहिबार, चैत्र १९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२