-
सिरहको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो भएको बम बिस्फोटको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सुखीपुर नगरपालिका ५ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका ५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ बस्ने २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् ।
मालपोत कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिक सेवाग्राहीहरुको अत्यधिक चाप रहेको बेला अचानक प्रशरकुकर बम विष्फोट भई ८ जना घाइते भएको र कार्यालयको सिसाहरु फुटेको तथा प्रेसर कुकरका टुक्राहरु, वारुदको गन्ध र तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को पर्चाहरु फेला परेको सम्बन्धमा अनुसन्धानको क्रममा उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को अध्यक्ष जय कृष्ण गोइतको निर्देशनमा सुखिपुर नगरपालिका ८ बस्ने आरके भन्ने राम कुमार यादवले गत फागुन २६ गते भगवानपुर गाउँपालिकाको ठाडी भन्ने स्थानमा लहान मालपोत कार्यालयमा बिष्फोट गराउनको लागि उक्त प्रेसर कुकर बम आफूहरूलाई दिएको भनि अभियुक्तहरूबाट खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
उनीहरूमध्ये मालपोत कार्यालयमा प्रेसर कुकर बम राख्न जाँदा रामरिझनले लगाएको रातो ज्याकेट, चपल र टिसर्ट, उनको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली, अभिमन्यूको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरूमध्ये रामरिझन २०७४ चैत ९ गते विकास ज्वेलर्स लहानमा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएको र २०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको मुद्दामा मोरङ जिल्ला अदालतबाट ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएको तथा अभिमन्यू गिरी बिगत ५ वर्षदेखि तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) मा संलग्न रहि बलपूर्वक चन्दा असुलीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले दावी गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२