-
सिरहको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो भएको बम बिस्फोटको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सुखीपुर नगरपालिका ५ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुखिपुर नगरपालिका ५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका ३ बस्ने २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् ।
मालपोत कार्यालयको पहिलो तल्लामा दर्ता चलानी शाखा नजिक सेवाग्राहीहरुको अत्यधिक चाप रहेको बेला अचानक प्रशरकुकर बम विष्फोट भई ८ जना घाइते भएको र कार्यालयको सिसाहरु फुटेको तथा प्रेसर कुकरका टुक्राहरु, वारुदको गन्ध र तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को पर्चाहरु फेला परेको सम्बन्धमा अनुसन्धानको क्रममा उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) को अध्यक्ष जय कृष्ण गोइतको निर्देशनमा सुखिपुर नगरपालिका ८ बस्ने आरके भन्ने राम कुमार यादवले गत फागुन २६ गते भगवानपुर गाउँपालिकाको ठाडी भन्ने स्थानमा लहान मालपोत कार्यालयमा बिष्फोट गराउनको लागि उक्त प्रेसर कुकर बम आफूहरूलाई दिएको भनि अभियुक्तहरूबाट खुल्न आएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
उनीहरूमध्ये मालपोत कार्यालयमा प्रेसर कुकर बम राख्न जाँदा रामरिझनले लगाएको रातो ज्याकेट, चपल र टिसर्ट, उनको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली, अभिमन्यूको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरूमध्ये रामरिझन २०७४ चैत ९ गते विकास ज्वेलर्स लहानमा भएको विष्फोटको मुद्दामा सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएको र २०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम बिष्फोट गराएको मुद्दामा मोरङ जिल्ला अदालतबाट ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएको तथा अभिमन्यू गिरी बिगत ५ वर्षदेखि तराई जन्तान्त्रिक मुक्ति मोर्चा (गोईत समूह) मा संलग्न रहि बलपूर्वक चन्दा असुलीको काम गर्ने गरेको खुल्न आएको प्रहरीले दावी गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १७, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३