-
चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ ।खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
त्रिभुवन विमानस्थलमा खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुझेका छन् । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएपछि खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।
आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने तयारी छ ।
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२