-
चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठा लाख मात्रा कोरोना खोप लगायतका सहायता सामग्री काठमाडौं आइपुगेको छ ।खोप लिएर नेपाल बायुसेवा निगमको वाइडबडी जहाज विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।
त्रिभुवन विमानस्थलमा खोप स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुझेका छन् । नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएपछि खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ ।
औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।
आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूलाई आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने तयारी छ ।
News Desk 0 response सोमवार, चैत्र १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२