-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा दाहालले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाव रहेकाले समर्थन फिर्ता नलिएको बताए ।
अध्यक्ष दाहालले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी पनि गरे । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको बताए ।
उनले पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै यसबारे बोलिदिन पनि आग्रह गरे । त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरे । सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै उनले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताए । नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको पनि बताए ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुले निरन्तर रुपमा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरे पनि मधेस र मधेसी जनताको माग पूरा नगरेको आरोप लगाए । महन्थलाई दाहालले केपी ओलीलाई समर्थन गर्न खोजेको आरोप लगाएपछि अध्यक्ष ठाकुरले तपाईंहरु समर्थन गर्ने, आरोप हामीलाई लगाउने भनी उल्टै प्रतिप्रश्न गरेका थिए ।
नागरिक अगुवाहरुले केपी ओलीलाई ‘ओली’ बनाउने काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणी गरेका थिए । पार्टीको सबै विधि, विधान र चाहना ओलीको पाउमा राखेर उनलाई बलियो बनाउने काम दाहालले गरेको उनीहरुको भनाइ थियो । उनीहरुले मधेश आन्दोलन हुँदा मधेशमा युवाहरु मारिने काम ओलीको कमाण्डमा भएको भन्दै ओलीसँग सतर्क रहन जसपा अध्यक्षलाई सजग गराएका थिए ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२