-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा दाहालले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाव रहेकाले समर्थन फिर्ता नलिएको बताए ।
अध्यक्ष दाहालले जन्मिसकेको बच्चालाई फेरि गर्भमा राख्ने अनौठो काम अदालतले गरेको टिप्पणी पनि गरे । उनले नेकपा माओवादी केन्द्र र एमाले ब्यूँताउने फैसला गरेर अदालतले दिउँसै रात पार्ने काम गरेको बताए ।
उनले पछिल्लो राजनीतिक घटनाक्रम र सेटिङले आफू र आफ्नो दलमाथि अन्याय भएको भन्दै यसबारे बोलिदिन पनि आग्रह गरे । त्यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्रयाएर पार्टीमा फर्काइएको टिप्पणी गरे । सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै उनले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताए । नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको पनि बताए ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुले निरन्तर रुपमा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरे पनि मधेस र मधेसी जनताको माग पूरा नगरेको आरोप लगाए । महन्थलाई दाहालले केपी ओलीलाई समर्थन गर्न खोजेको आरोप लगाएपछि अध्यक्ष ठाकुरले तपाईंहरु समर्थन गर्ने, आरोप हामीलाई लगाउने भनी उल्टै प्रतिप्रश्न गरेका थिए ।
नागरिक अगुवाहरुले केपी ओलीलाई ‘ओली’ बनाउने काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको टिप्पणी गरेका थिए । पार्टीको सबै विधि, विधान र चाहना ओलीको पाउमा राखेर उनलाई बलियो बनाउने काम दाहालले गरेको उनीहरुको भनाइ थियो । उनीहरुले मधेश आन्दोलन हुँदा मधेशमा युवाहरु मारिने काम ओलीको कमाण्डमा भएको भन्दै ओलीसँग सतर्क रहन जसपा अध्यक्षलाई सजग गराएका थिए ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
जन्मदिनलाई अर्थपूर्ण बनाउँदै समाजसेवी रामु राईद्वारा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
मङ्लबार, मंसिर २३, २०८२ -
प्याब्सन स्पोटर्स मिट–२०८२ मंसिर २२ गते देखि २९ गते सम्म सञ्चालन हुने
मङ्लबार, मंसिर २३, २०८२ -
३८औँ अधिवेशन सम्पन्न मिसन पराजुलीको अध्यक्षतामा इटहरी जेसिजको नयाँ नेतृत्व चयन
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा २५ दिने निःशुल्क बारिष्टा तालिम सम्पन्न, ३५ युवालाई प्रमाणपत्र वितरण
सोमवार, मंसिर २२, २०८२ -
इटहरीमा ‘ग्राण्ड युरोप एड्मिसन डे’ शैक्षिक मेला हुँदै, २० भन्दा बढी विश्वविद्यालयको सहभागिता
बुधबार, मंसिर १७, २०८२

मङ्लबार, मंसिर २३, २०८२