-
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई गरिएको छ । अन्तिम विदाइ अघि पशुपति आर्यघाटमा जोशीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका थिए । त्यसअघि जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सानेपामा विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।
नेता जोशीको काठमाडौँको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको थियो । फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् । यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसले जोशीको निधनमा चैत १५ गतेदेखि १७ गतेसम्म देशभर पार्टीको झण्डा आधा झुकाउने भएको छ । १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । त्यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालय शोक पुस्तिका पनि राखिने भएको छ ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२