-
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्र राज जोशीको अन्तिम विदाई गरिएको छ । अन्तिम विदाइ अघि पशुपति आर्यघाटमा जोशीको पार्थिव शरिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएका थिए । त्यसअघि जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा राखिएको थियो । जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सानेपामा विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।
नेता जोशीको काठमाडौँको नर्भिक अस्पतालमा शुक्रबार राति ८ बजेर २४ मिनेट जाँदा उपचारका क्रममा निधन भएको थियो । फागुन १४ गते मस्तिष्कघात भएपछि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । जोशीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले जोशीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् । यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । कांग्रेसले जोशीको निधनमा चैत १५ गतेदेखि १७ गतेसम्म देशभर पार्टीको झण्डा आधा झुकाउने भएको छ । १७ गते देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । त्यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालय शोक पुस्तिका पनि राखिने भएको छ ।
News Desk 0 response शनिबार, चैत्र १४, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३





