• नेपालमा मंगलबार थप १ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । त्यस्तै थप ७७ जना संक्रमित निको भएका छन् भने हालसम्म दुई लाख ७२ हजार ९७ पुगेको छ । गत २४ घण्टामा कुनै कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    हालसम्म नेपालमा तीन हजार १९ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हाल क्वारेन्टाइनमा रहेका सक्रिय संक्रमितको संख्या ११ सय २८ र ४८ रहेको छ हालसम्म २२ लाख ४५ हजार ३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

4565