-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने भन्दै संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताउनुभएको छ ।
शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले अरु दललाई अघि सारेर भएपनि वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने बताउनुभयो ।
राजनीतिक अन्यौलता भएको भन्दै उहाले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई मिलाएर निकास निकाल्नुपर्ने जिकिर गर्नुभयो ।उहाले देशलाई ठिक दिशा दिने हैसियत कांग्रेसले राख्नुपर्ने धारणा राख्नुभयो । उहाले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने धारणा पनि राख्नुभयो ।
पौडेलले संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।उहाले अहिलेको प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि कांग्रेसले अग्रसरता लिने बेला आएको जिकिर गर्नुभयो ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन?
मङ्लबार, अशोज २७, २०८३ -
अर्बपति भएकै कारण राजनीतिमा निषेध किन ??
बुधबार, अशोज २८, २०८३





