-
डिफेण्डीङ च्याम्पीयन मकवानपुर ११ लाई पाखा लगाउँदै हेटौंडामा जारी तेस्रो संस्करणको शहीद स्मृति हेटौंडा गोल्डकपको उपाधि त्रिभुवन आर्मि फुटबल क्लबले हात पारेको छ । शनिबार हेटौंडा स्थित बन बिज्ञान खेल मैदानमा भएको फाइनलमा साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई १–० गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मीले १० लाख नगद सहित उपाधि हात पारेको हो ।
साविक विजेता आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ उपविजेतामा सीमित हुँदै नगद पाँच लाख रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ । त्रिभुवन आर्मिका लागि कप्तान टेकबहादुर बुढाथोकीले पहिलो हाफको ३८ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । टिमका लागि निर्णायक गोल गर्ने बुडाथोकि म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका थिए ।
प्रतियोगिताको बेष्ट फरवार्ड मकवानपुरका रञ्जन विष्ट, बेष्ट डिफेन्डर आर्मिका दिपक गुरुङ, मिडफिल्डर आर्मिका सेसेहाङ आङदेवे, गोलकिपर आर्मिका विवश चौधरी र बेष्ट प्रशिक्षक आर्मिका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बहादुर बानियाँ, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार वितरण गरेका थिए ।
अमिरलाई ‘बुलेट’
तेस्रो संस्करणको शहीद स्मृति हेटौंडा गोल्डकप प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ का खेलाडी अमीर श्रेष्ठले रोयल इनफिल्ड (बुलेट) बाइक जितेका छन् । उत्कृष्ट खेलाडीलाई रोयल इनफिल्ड बाइक हेटौंडा स्कूल अफ म्यानेजमेन्टले प्रायोजन गरेको हो । नेपालका प्रतियोगितामा बाँडिने सर्वोत्कृष्ट खेलाडीले पुरस्कारहरु मध्ये अहिले सम्मकै महंगो पुरस्कार दिइएको आयोजकले जनाएको छ । आयोजकका अनुसार बाइकको ५ लाख ५० हजार रुपियाँ पर्ने छ ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले हेटौंडामा छिट्टै फुबटलको तालिम केन्द्र सञ्चालन गर्ने बताएका छन् । यस्तै अर्को वर्ष हुने गोल्डकपमा पुरस्कारको राशी बढ्ने भएको छ । प्रथम हुने टिमले अर्को वर्ष १५ लाख र दोस्रो हुने टिमले १० लाख पुरस्कार राशी व्यवस्था हुने भएको हो । प्रतियोगिताका संरक्षक हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरले अब आउने बजेटमा व्यवस्था गरेर पुरस्कार राशी बढाउने बताएका हुन् । प्रतियोगिता प्रताप विष्टको संयोजकत्वमा भएको थियो ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३
-
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३





