-
अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको हो ।
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेश मै प्रथम र देशभरबाट तेस्रो स्थानमा पर्न सफल भएको छ । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंक सहित लुम्बिनी प्रदेशमै प्रथम स्थान र देशमै तेस्रो स्थानमा परेको हो । यस्तै देशभरका ३२ वटा अस्पतालमध्ये तेस्रो नम्बरमा परेको छ । स्तरीय स्वास्थ्य उपचार सेवाका कारण अस्पताल उत्कृष्ट घोषित भएको हो ।
जिल्ला अस्पतालमा हालै २४ घण्टे प्रयोगशाला र एक्सरे सेवा सुरु भएको छ । अस्पताल स्थापना भएको ३१ बर्षपछि चौबिसै घण्टा प्रयोगशाला र एक्सरे सेवा सुरु भएको हो । त्यस्तै अस्पतालले फिजियोथेरापी, दन्त सेवा लगायत पनि विस्तार गरेको छ ।
राति पनि प्रयोगशाला र एक्सरे सेवा अस्पतालले दिन थालेपछि विरामीले महंगो शुल्क तिरेर नीजि अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । रक्त सञ्चार सेवा नहुँदा गर्भवती महिलाको शल्यक्रिया हुन नसक्ने समस्या समेत पछिल्ला दिनमा नरहेको अस्पतालले जनाएको छ । अस्पतालवाट अर्घाखाँची सहित गुल्मी र प्युठानका बासिन्दाले समेत उपचार सेवा लिदै आएका छन । उत्कृष्ट अस्पताल घोषित भएपछि व्यवस्थापनले स्वास्थ्यकर्मी सहित १५ जनालाई सम्मान गरेको छ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





