-
अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको हो ।
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेश मै प्रथम र देशभरबाट तेस्रो स्थानमा पर्न सफल भएको छ । प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंक सहित लुम्बिनी प्रदेशमै प्रथम स्थान र देशमै तेस्रो स्थानमा परेको हो । यस्तै देशभरका ३२ वटा अस्पतालमध्ये तेस्रो नम्बरमा परेको छ । स्तरीय स्वास्थ्य उपचार सेवाका कारण अस्पताल उत्कृष्ट घोषित भएको हो ।
जिल्ला अस्पतालमा हालै २४ घण्टे प्रयोगशाला र एक्सरे सेवा सुरु भएको छ । अस्पताल स्थापना भएको ३१ बर्षपछि चौबिसै घण्टा प्रयोगशाला र एक्सरे सेवा सुरु भएको हो । त्यस्तै अस्पतालले फिजियोथेरापी, दन्त सेवा लगायत पनि विस्तार गरेको छ ।
राति पनि प्रयोगशाला र एक्सरे सेवा अस्पतालले दिन थालेपछि विरामीले महंगो शुल्क तिरेर नीजि अस्पताल धाउनुपर्ने बाध्यता हटेको छ । रक्त सञ्चार सेवा नहुँदा गर्भवती महिलाको शल्यक्रिया हुन नसक्ने समस्या समेत पछिल्ला दिनमा नरहेको अस्पतालले जनाएको छ । अस्पतालवाट अर्घाखाँची सहित गुल्मी र प्युठानका बासिन्दाले समेत उपचार सेवा लिदै आएका छन । उत्कृष्ट अस्पताल घोषित भएपछि व्यवस्थापनले स्वास्थ्यकर्मी सहित १५ जनालाई सम्मान गरेको छ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३

इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३