-
नेपाल दक्षिण एसिया कै सबैभन्दा खुसी मुलुकका रुपमा घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको विवरण अनुसार दक्षिण एसियाका खुसी देशको सुचीमा ८७ औं स्थानमा पर्दै नेपाल सबैभन्दा खुसी मुलुक बनेको हो । सन् २०१९ को अध्ययन अनुसार नेपाल १ सय स्थानमा थियो । यो पटक भने नेपालले १३ औं स्थानमा फड्को मारेर ८७ औं स्थानमा उक्लिएको हो ।
परियोजनाले सन् २०२१ को खुसी देशको सुची सार्वजनिक गरेको छ । यसमा नेपालले ५।२६९ स्कोर पाएको छ । अध्ययनको सुचकका रुपमा सामाजिक सहयोग, भ्रष्टाचारको अवस्था, व्यक्तिगत स्वतन्त्रता तथा ग्राहस्थ उत्पादनलाई लिइएको थियो ।सन् २०१९ को अध्ययनअनुसार दक्षिण एसियामा पाकिस्तान तथा भुटानपछि तेस्रो खुसी हुने मुलुक बनेको थियो ।
अध्ययनका अनुसार यो पटक सबैभन्दा खुसी देशका रुपमा पहिलो स्थामा नर्डिन मुलुक फिनल्याण्ड बन्न सफल भएको छ । फिनल्याण्ड पश्चात् डेनमार्क, स्वीटजरल्यान्ड, आइसल्यान्ड, नेदरल्यान्ड्स, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्यूजिल्यान्ड र अष्ट्रिया सबैभन्दा बढी खुसी हुने मुलुकमा रुपमा अटाएका छन् । त्यस्तै सार्क कै अर्को राष्ट्र अफ्गानिस्तान अन्तिममा छ ।
अफ्गानिस्तान सबैभन्दा बेखुसी मुलुक बनेको छ । नेपालको छिमेकी मुलुक भारत भने १ सय ४४ औं स्थानमा रहेको छ । यो पटक भारत नेपाल तथा बंगलादेशभन्दा बछाडि परेको छ । यता चीन भने नेपालभन्दा २ स्थान माथि रहेको छ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३

शनिबार, बैशाख १९, २०८३