-
महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले महान्यायाधीवक्ताको पदबाट राजीनामा दिदै अब राजनीतिमा फर्किने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरी उहाँले आफ्नो राजीनामा र त्यसपछिको आगामी कार्यदिशाका बारेमा जानकारी गराउनुभएको हो । उहाँले नियुक्ति भन्दा अगाडिकै भूमिकामा सक्रिय हुने पनि बताउनुभयो ।
उहाँले भन्नुभयो “आज चाहीँ र्मैले लेखिए बमोजिमको काम गरेर आएको छु । सम्माननीय प्रधानमन्त्रीलाई मैले भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु । यसो गरिरहँदाखेरी मैले प्रधानमन्त्रीसंग र मेरो सम्बन्धका बारेमा पनि अघिल्ला मिडियामा केही कुराहरु लेखिएका थिए । ती कुराहरु होइनन् । प्रधानमन्त्री र मेरो सम्बन्ध अत्यन्तै सुमधुर छ । राम्रो छ । प्रधानमन्त्रीसंग मैले छलफल नै गरेर मैले यो पदबाट ३ बर्ष पुरा गरेँ र मैले राम्रै गरेको छु भन्ने मलाई लाग्या छ । मैले केही वेठिक गरेको रहेछु भने निश्चयपनि त्यो राईट टु इनफरर्मेसनभित्र पर्छ । राम्रो गरेको रहेछु त्यो पनि राईट टु इनर्फेमेसनमा पर्छ । किन कि जनताले थाहा पाउनुपर्छ । हामी खुला समाजमा छौ र हामीले खुला समाजलाई स्वीकार गरेका छौ । ”उहाँले राजीनामा पछि आफु राजनीतिको खुल्ला मैदानमा प्रवेश गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “राजीनामा गर्दा लुकुक्क किन गर्ने भनेर हो ।विगतमा जताबाट यता आएको थिएँ म त्यतैतिर फर्किने इच्छा आकांक्षाका साथ । फुटबल खेल्दा फुटबल मैदानमै खेल्ने । बाहिर किन खेल्ने? फुटसलमा फुटवल खेल्न मजा पनि आउँदैन । फुटबल मैदानमै खेल्ने इच्छा उद्देश्यका साथ म त्यता फर्किनलाई राजीनामा गरेको छु । ”
उहाँले आफुले समयको माग अनुसार निर्णय गरेको पनि दाबी गर्नुभयो । प्रधानमन्त्री केपी ओली संगसंगै जस्तो आफु महान्यायाधीवक्ताको पदको जिम्मेवारी लिएको स्मरण गर्दे उहाँ ले समयले बजाएको घण्टीलाई आफुले सुनेर सम्बोधन गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “ कहिलेकाहीँ समयले घण्टी बनाएको मान्छेले बुझ्दैनन् । म चाँही बुझ्छु कि भन्ने ठान्छु । समयले घण्टी बजाएपछि त्यो आवाजलाई बुझ्नसक्नुपर्छ र त्यसलाई पढ्न सक्नुपर्छ । ”
उहाँले ३ बर्र्षे आफ्नो कार्यकालमा महान्यायाधीवक्ताको कार्यालयबाट भएगरेका कामहरु उल्लेख गर्दै आफुले ठिक ढंगले जिम्मेवारी पुरा गरेको स्पष्ट पार्नुभयो । संविधान र कानुन बमोजिम महान्यायाधिवक्ताको कार्यालयले अगाडि बढाउनुपर्ने कामहरुको पनि उहाँले फेयरिस्त राख्नुभयो । मुद्दाको अनुसन्धान गर्ने सवलामा अनुसन्धान र अभियोजनलाई स्वायक्तता दिने काम भएको, महान्यायाधीवक्ताले पनि हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पार्नुभयो । महान्यायाधिवतक्ताले संविधान बमोजिम आफ्नो अधिकार प्रत्यायोजन गरिसकेपछि सम्बन्धीत सरकारी वकिलले स्वायक्त र स्वतन्त्र ढंगले मुद्दाको अभियोजन गर्ने कुरामा पर्याप्त सर्तकता लिईएको बताउनुभयो ।
News Desk 0 response शुक्रबार, चैत्र ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२