-
प्रधानमन्त्री केपी ओलीले बिहीबार आह्वान गरेको संसदीय दलको बैठकमा एमालेका माधव नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने सो पक्षले जनाएको छ ।राष्ट्रिय भेलाको पहिलो दिनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोपक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए ।
त्यस्तै चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको उनले बताए । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने भट्टराईले बताए ।त्यस्तै उनले आफूहरुको उद्धेश्य विभाजन नरहेको स्पष्ट पारे । नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताए ।
राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको भट्टराईले बताए । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला बिहीबार समापन हुने भट्टराईले जानकारी दिए ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३