-
यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ ।कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो । मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने छ । कोभिड महामारीका कारण यस बर्ष गतबर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।
क्यान मेला प्रवेश टिकटलाई यसबर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ । यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी बार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० बर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२