-
यस बर्षको क्यान इन्फोटेक २०७८ साल बैशाख २८ गते देखि हुने भएको छ ।कम्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आईतबार पत्रकार सम्मेलन गरी मेला बारे जानकारी गराएको हो । मेला बैशाख २८ देखि जेठ २ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने छ । कोभिड महामारीका कारण यस बर्ष गतबर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पुर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।
क्यान मेला प्रवेश टिकटलाई यसबर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधरणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैया प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ । यसबर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी बार्षिक रुपमा आयोजना हुदै आएको क्यान इन्फोटेकको यो २७ औ संस्करण हो । क्यानले विगत २० बर्ष देखि राष्ट्रिय र अन्तराष्ट्रिय सुचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३