-
सत्ता समीकरणका बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा सरकार निर्माणका बिषय र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको हो ।
प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा छलफल केन्द्रीत रहेको नेताहरुले बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठन र आफुहरुको मागका बारेमा कुराकानी भएको बताउनुभयो । आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा समर्थन गरे माओवादीसंग सहकार्य हुन सक्ने उहाले बताउनुभयो ।
त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले जसपासँग केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भएको बताउनुभयो । त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएको बताउनुभयो । वार्तालाई सार्थकता तुलाउन आफ्नो पार्टी र अन्य दलहरुसंग पनि निरन्तर छलफल गरिने उहाको भनाई छ ।
दुई दलबीचको छलफल संयुक्त सरकार गठन गर्ने र जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने बिषयमा केन्द्रीत रहेको बताइएको छ । माओवादी नेताहरूले तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए । जसपाले यसअघि कांग्रेस र एमालेसंग पनि छलफल गरेको थियो । सरकार गठनमा जसपा निर्णायक भूमिकामा देखिएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३

सोमवार, बैशाख १४, २०८३ -

शुक्रबार, बैशाख १८, २०८३