-
सत्ता समीकरणका बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार भएको छलफलमा सरकार निर्माणका बिषय र जसपाले उठाउँदै आएका मागबारे छलफल भएको हो ।
प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा छलफल केन्द्रीत रहेको नेताहरुले बताएका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले सरकार गठन र आफुहरुको मागका बारेमा कुराकानी भएको बताउनुभयो । आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा समर्थन गरे माओवादीसंग सहकार्य हुन सक्ने उहाले बताउनुभयो ।
त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले जसपासँग केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भएको बताउनुभयो । त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएको बताउनुभयो । वार्तालाई सार्थकता तुलाउन आफ्नो पार्टी र अन्य दलहरुसंग पनि निरन्तर छलफल गरिने उहाको भनाई छ ।
दुई दलबीचको छलफल संयुक्त सरकार गठन गर्ने र जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने बिषयमा केन्द्रीत रहेको बताइएको छ । माओवादी नेताहरूले तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए । जसपाले यसअघि कांग्रेस र एमालेसंग पनि छलफल गरेको थियो । सरकार गठनमा जसपा निर्णायक भूमिकामा देखिएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२