-
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७रौतहटको मौलापुरमा लुकिछिपी खेति गरिएको अवैध लागुऔषध अफिमका विरुवाहरु प्रहरीले नष्ट गरेको छ । मौलापुर नगरपालिकाको वडा नं. ७ सबैया पिपरीयामा लगाइएको अफिमका बिरुवाहरु प्रहरीले नष्ट गरेको हो । अलग अलग स्थानको १ विघा भन्दा बढी क्षेत्रफल मा खेति गरिएका अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो । जिल्लाका ग्रामिण भेगहरुमा किसानहरुले लुकिछिपी अफिम खेति गर्दछन । मंसीर अन्तीम तिर रोपिएको अफिमको बिरुवा माघ फाल्गुन सम्म दाना लागेर तयार हुन्छ । दानालाई बिरुवामा भएकै अवश्थामा ब्लेडले चिरेर तरल पदार्थ चोप निकाले पछि प्रसोधन गरि लागुऔषध अफिम तयार हुने गर्दछ । बजार मुल्य अत्याधिक भएको हुनाले पनि यो खेति तिर ग्रामिण भेगका केही किसान बढी आकर्षित भएका हुन । कानूनले बन्देज गरेको अवैध लागुऔषध अफिमको खेतीको बारेमा जानकारी आए पछि प्रहरीले बिरुवाहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले बताए । जिल्लाका अन्य स्थानहरुमा पनि प्रहरीले लागुऔषध अफिमका बिरुवाहरुको विषयमा खोजी गरि रहेको र अफिम खेति भएको पाएमा त्यसलाई नष्ट गर्ने उपरिक्षक शाह ले बताए । अफिम खेती गर्नेहरुको विषयमा अनुसन्धान भइरहेको र उनीहरुलाई मुद्दा दायर गरेर कानूनी कारवाही अगाडी बढाउने उनले बताए ।
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३