-
नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले अहिलेको अवस्थामा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार नेपाल शिक्षक सङ्घ वाग्मती प्रदेश कार्यसमितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अन्य दलहरुसंग पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाउने रहेको पनि उहाले बताउनुभयो ।
त्यस्तै कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीलाई छिटो भन्दा छिटो बालुवाटारबार घर पठाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान र व्यवस्थामा भ्वाङ पार्ने काम गरेको उहाले आरोप लगाउनुभयो ।
उहाले जनताबाट आफुहरुलाई प्रतिपक्षीमा बस्ने म्यान्डेड प्राप्त भएको भन्दै देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्नेमा कांग्रेसको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राख्नुभयो ।
News Desk 0 response शुक्रबार, फाल्गुन २८, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३