-
राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलको आफ्नो अन्तिम लिग खेलमा श्री कुमारी क्लबले फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा श्री कुमारीले टुसाल क्लबलाई ४० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री कुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे । यस्तै सन्तोष कुमार सिंह र विवेक पुनले एक एक गोल गरे । खेलको ११ औं मिनेटमा सन्तोषले गोल गर्दै श्री कुमारीलाई १–० को अग्रता दिलाएका थिए । २४ औं मिनेटमा विवेकले गोल गर्दै श्री कुमारीलाई २–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै श्री कुमारीलाई ४–० को जित दिलाए ।
त्यस्तै मंगलबार भएको खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले एक गोल फर्काए । जितसँगै श्री भगवती पाँचौं स्थानमा उक्लिएको छ ।श्री भगवतीले ११ खेलमा १५ अंक जोडेको छ । ब्वाइज ११ खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन २५, २०७७
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२
-
इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२





