-
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कुन पार्टीका हुन् भन्ने थाहा नभए सर्वोच्च अदालतमा गएर सोध्न आग्रह गरेका छन् । सोमबार १ सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर सोध्नेहरूलाई थाहा पाउन अदालत जान आग्रह गरेका हुन् । आइतबार बसेको पुनस्र्थापित संसदको पहिलो बैठकमा विशेष समय लिएर बोल्दै दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री ओली कुन पार्टीका हुन् भन्ने प्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले आफू नेकपाको भने साधारण सदस्य पनि नरहेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनाव गराउने आफ्नो निर्णयको पनि बचाउ गरे । यतिखेर चुनावमा देश जान्थ्यो, चुनावपछि राम्रो सरकार बन्थ्यो तर त्यसलाई लडाई गरेर, मुद्दा हालेर रोके भन्दै ओलीले संसद् पुनःस्र्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लगाउन, कराउन रहेछ भनी व्यंग्य गरे ।
आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिएपछि साविककै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् ।
News Desk 0 response सोमवार, फाल्गुन २४, २०७७
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३