-
विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमती प्रदेशलाई २ रनले हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो । रोमान्चक बनेको खेलमा पुलिसले दिएको ७३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभर २ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २५ ओभर २ बलमा अलआउट हुँदै ७२ रन बनाएको थियो । जितसँगै पुलिसले पहिलो खेलमा २ अंक जोडेको छ । बागमती प्रदेशले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस्तै प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा विभागीय टिम एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा शनिबार त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । आर्मीले दिएको २ सय ३६ रनको लक्ष्य एपीएफले ४९ ओभर ४ बलमा ९ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय ३५ रन बनाएको थियो ।
प्रतियोगितामा ५ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार पाउने छन् ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३

बिहिबार, साउन २८, २०८३