-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ । शनिबार देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघको पूर्व अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक महाकाण्ड को विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफु प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको हो । आफुहरुलाई विपक्षमा बस्ने म्याण्डेड भएको भन्दै प्रधानमन्त्री बन्न नचाहेको उहाँले बताउनुभयो । विपक्षी दलको नेता भावि प्रधानमन्त्रीको रुपमा रहने भएपनि आफुलाई प्रधानमन्त्रीको लोभ लालच नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने म्याण्डेड भन्ने चलन छ नि हाम्रो । विपक्षी दलको नेता प्राइमिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच पनि छैन । यस्तोमा लाग्नुपनि छैन मैले ।’
सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि सरकार गठनको रस्साकस्सी चलेको छ । फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नेकपा भित्रको प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको भएपनि नेपाली कांग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गरिसकेको छैन । सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्रीको रुपमा हेरिएको बेलामा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३