• विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ। उनीहरू आगामी चैत २ गते काठमाडौं आइपुग्ने बहराइनस्थित नेपाली दूतावासले जानकारी दिएको छ। गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् । सगरमाथा आरोहण गर्न नेपाल आउने टोलीका केही सदस्यले आज बहराइनको मनामास्थित नेपाली दूतावास गई राजदूत पदम सुन्दाससँग भेट गरेका थिए।

    बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती निकालेर ३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउन लागेको जनकारी गराएको हो । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने दुतावासले निकालेको विज्ञप्तीमा भनिएको छ । आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागले जनाएको छ।

4565