-
राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ ।
लालितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ । स्तरीय खेल देखाएको खुमलटारको जितमा सविन केसीले दुई गोल गर्दा आयुष घलानले एक गोल गरे । सविनले १९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
प्रशान्त अवस्थीले दिएको क्रस पासमा सविनले गोलकिपरलाई विट गर्दै जाली जुमाउन सफल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा ४३ औं मिनेटमा सविनले व्यत्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा लिएको २–० को अग्रतालाई कामय राख्दै खेल देखाएको खुमलटारका लागि ७४औं मिनेटमा आयुषले टोलीका लागि तेस्रो गोल थपे । त्यसपछि बाँकी समयमा थप गोल हुन सकेन र खुमलटारले शीर्ष डिभिजनमा उक्लिने सम्भावनालाई जिवन्त राखेको हो ।
अंक सुम्पिएको ब्वाइज युनियनको समान ९ खेलबाट १४ जोडेर तालिकाको चौंथो स्थानमा यथावत रहेको छ ।यस अघि बुधबारै सम्पन्न दिनको पहिलो खेलमा नयाँवस्ती युवा क्लब र टुसाल युथ क्लबले एक÷एक गोलको बराबरी खेल्दा अंक बाँडको छन् । पहिलो हाफमा लिएको अग्रतालाई नयाँवस्ती दोस्रो हाफमा जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । ३९औं मिनेटमा नयाँबस्तीका लागि विवेक गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा टुसालका एलोन राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यपछि लयमा देखिएको टुसालले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र दुबै टोलीले अंक बाँड्न पुगे । बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । यस्तै अर्को टोली टुसालले समान ९ खेलबाट ८ अंक जोड्दा तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा झम्सीखेल युथ क्लबको सामना गर्दा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसीटी) र श्री कुमारी क्लबबीच खेल हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुने तालिका रहेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२