-
निशान सुनारको गोलको मद्दतमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार जित निकाल्दा अर्को खेलमा मध्यपुर युथ एसोसियनले श्री कुमारी क्लबविरुद्ध पुनरागमन जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसरबरीले पुल्चोक स्पोर्ट्स क्लबमाथि २–० को जित निकाल्दा दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएको हो ।
जारी लिगमा छैटौं जित निकाल्दा बासँबारीका निशानले दोस्रो हाफमा दुई गोल गरेका हुन् । प्रतिस्पर्धात्मक खेलेको बाँसबारीले दोस्रो हाफमा भने दबाब दिन सफल भएको थियो ४७औं मिनेटमा निशानले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ६९ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्र्दै जित निश्चत गरेका थिए ।
मंगलबारको जितसँगै बाँसबारीले ८ खेलबाट १८ अंक बनाएको छ । ६ खेलमा स्पष्ट जित निकालेको बाँसबारी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यस्तै समान ८ खेल खेलको पुल्चोकको मात्र २ अंक छ । पुल्चोक तालिकाको पुछारमा छ ।
लिग अन्तर्गत मंगलबारै सम्पन्न दिनको पहिलो खेलमा मध्यपुरले श्री कुमारी क्लबलाई २–१ ले हराएर जारी लिगमा दोस्रो जित निकालेको हो । स्पष्ट अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले पहिलो हाफ आक्रामक खेलेका थिए । ४० औं मिनेटमा आशिषले राईले गोल गर्दै कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर कुमारीको अग्रता धेरै समय टिकेन । त्यसको पाँच मिनेटमा मध्यपुरका कैलाश खत्रीले गोल गर्दै खेल बराबरी ल्याए ।
पहिलो हाफ बराबरी सकिएको खेलमा ४८ औं मिनेटमा धिरजले श्रेष्ठले गोल गर्दै मध्यपुरको अग्रता उल्टाए । बाँकी सयमा कुमारी क्लब खेलमा फर्किन निकै संघर्ष गरे पनि मिलेका राम्रा अवसरलाई सदुपयोग गर्न चुक्दा अंक सुम्पिन बाध्य बन्यो ।
जितसँगै मध्यपुरले ८ खेलबाट ७ अंक जोडेको छ । मध्यपुर तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान ८ खेल खेलेको कुमारीको पनि ७ नै छ । कुमारी आठौं स्थानमा रहेको छ ।
लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल नयाँ वस्ती युवा क्लब र टुसाल युथ क्लब तथा दोस्रो खेल खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लबबीच एन्फा मुख्यालयको मैदानमा हुनेछ ।
News Desk 0 response मङ्लबार, फाल्गुन १८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३