-
महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजिन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।
रोमाञ्चक जित निकालेको खुमलटाले ८ खेलबाट तालिकामा १९ अंक बनाएकष्यो छ । यससँगै खुमलटारले शीर्ष स्थानमा एक खेल खेले अटाएको सातदोबाटोसँग अंक बराबरी गरेको छ । यस्तै पराजित झम्सीखेलको ८ खेलबाट ६ अंक छ ।
लिगकै अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकमा ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि सहज जित निकालेको हो । ह्यट्रिक गरेका मिलनले २१ औं मिनेटमा टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल थप्दै ब्वाइज युनियनलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको लिम्बूले दोस्रो हाफमा पनि निरन्तरता दिए । ५७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बाँकी समयमा थप गोल हुन सकेन र ब्वाइज युनियनले सहज जित निकाल्न सफल भयो । जितसँगै ब्वाइज युनियकनको ८ खेलबाट १४ अंक भएको छ । पराजित नयाँबस्तीको ८ खेलबाट ११ अंक छ ।
लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र टुसाल क्लब तथा दोस्रो खेल सातदोबाटो युथ क्लब र श्री भगवती क्लबी बीच खेल हुनेछ । दुबै खेल एन्फा कम्प्लेक्समा हुनेछन् ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
सरकारले सुन र हिराको गहनामा लगाएको कर विरुद्धमा इटहरीमा विराध
बिहिबार, जेष्ठ २९, २०८२