-
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन प्रचण्ड–नेपाल पक्षलाई चूनौति दिनुभएको छ ।
आइतबार झापाको कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले अदालतले संसद् पुनःस्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने नसोच्न सुझाव दिनुभयो । उहाले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएको बताउनुभयो । प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने पनि बताउनुभयो । नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्ल्ेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो, जसमा चीन सरकारको रु ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिनुभयो ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
-
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
मोरङ कारागारमा कडाइ सुरु, नयाँ इन्चार्जको पहिलो दिनमै ठूलो परिमाणमा लागुऔषध बरामद
शुक्रबार, माघ २३, २०८२

शुक्रबार, माघ २३, २०८२ -
बोली, व्यवहार र नियत : मतदाताले बुझ्नैपर्ने राजनीति
आइतवार, माघ २५, २०८२ -
महिला पत्रकारको क्षमता र नेतृत्व विकासका लागि इटहरीमा मल्टिमिडिया तालिम सम्पन्न
आइतवार, माघ २५, २०८२