-
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा न आउने दावी गरेकाछन्। पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजिनामा नदिने उनले बताएकाछन् ।
उनले भने, राजिनामा दिने हामी कायर हो, कुनै पनि हालतमा राजिनामा आउदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताब फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने उनले बताए ।
‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौै तर यो निर्णयले झन् विवाद बढाएको छ–सिटिइभीटीको ३३ र्औ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेकाहुन , ‘हामी जनताबाट आएका हौ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’
‘संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे । अबको प्रधानमन्त्री पनि केपी ओली नै हो, उहाँले नै निर्वाचन गराउनुहन्छ–उनले दावी गरे ।
हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउदा गलत भएको उनले गुनासो पनी गरेका छन् । अदालतको फैसलापछिको विष्लेषण गर्दै उनले भने, अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ । अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ । हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउछौ ।
हामीसँग नेपालको राजनीतिमा पेले छन्, रोनाल्डो छ, म्यारोडोना र मेसी हामीसँगै छ त्यसैले हामीलाई कुनै समस्या छैन, जस्तोसुकै परिस्थिति आए पनि राजनीति मैदान छाड्नेवाला छैनौ, हाम्रै जीत सुनिश्चित हुनेछ । जनता हाम्रो साथमा छन् जनताको फैसला स्वीकार गनैछौ ।नैतिकताको आधारमा मन्त्रीले राजिनामा दिनुपर्छ भन्दै फेसबुकमा स्टाटस लेख्ने र सडकमा कुर्लिनेहरुलाई सरकारको तर्फबाट मेरो यो जवाफ छ कि सक्छौ भने अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउ ।
सुन हो कि पित्तल, हिरा हो कि शिशा भनी नक्कली र सक्कली भनी छुट्टयाउन सक्ने क्षमता जनतामा भएको बताउदै अहिले आन्दोलन गरेर हिड्ने गुट नक्कली भएको टिप्पणी गरे । उनले भने, काग भएर मयुरको प्वाख राखेर कराउदै हिडेका छन् । जनताले असली मयुर चिनेर प्वाख हाल्ले मयुररुपी काग बन्नेलाई धिक्कार गर्नेछन् ।
‘मुलुक राजनीतिक संकटतर्फ धकेलिएको संकेत गर्दै यस्लाई रोक्ने काम ओली सरकारको हो, उनले भने, यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई साक्षी राखेर समस्या समाधान गर्नेछन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य -शिक्षा० डा. उषा झा, सिटिइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, शिक्षा सचिव रामप्रसाद थपलिया, सदस्य सचिव पुष्प रमण वाग्ले लगायतले बोलेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठ, सचिव थपलिया लगायतले टिभिइभीटी परिसरमा वृक्षरोपाण गरेका थिए । मन्त्री श्रेष्ठले वार्षिकउत्सवको केक काटेका थिए ।
News Desk 0 response बुधबार, फाल्गुन १२, २०७७
-
विद्यार्थीको सांस्कृतिक प्रस्तुतीसँगै सी वी आवासीय विद्यालयको वार्षिकोत्सव सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२

नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२
-
नेवाः पुच, मिसा पुच र ल्याम्ह पुचको संयुक्त अधिवेशनबाट नयाँ नेतृत्व चयन
बुधबार, फाल्गुन २७, २०८२ -
जनकल्याण मावि धनकुटाको ६५ औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी र व्यक्तित्व सम्मान
शुक्रबार, फाल्गुन २९, २०८२ -
नयाँ सरकार्संग जनताको आशा , सरकारको जिम्मेवारी ।
शुक्रबार, फाल्गुन २९, २०८२ -
इटहरी मोडेल सेकेन्डरी स्कुलमा ३०औँ अभिभावक दिवस तथा पुरस्कार वितरण सम्पन्न
सोमवार, चैत्र २, २०८२ -
पिसजोन आवासीय माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
सोमवार, चैत्र २, २०८२