-
रेल विभागको टोलीले पूर्वपश्चिम रेलमार्ग निर्माणका लागि बाराको निजगढमा स्थलगत अनुगमन गरेको छ । निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ निर्माणको क्रममा बाराको निजगढमा विवाद उत्पन्न भएपछि विभागको टोलीले अनुगमन गरेको हो ।
रेल विभागका महानिर्देशक प्रमिला बज्राचार्य सहितको प्राविधिक टोलीले बकैया किनारास्थित प्रस्तावित २ नम्बर रेखाङ्कन क्षेत्रको अनुगमन गरेको हो । विभागको प्रारम्भिक अध्ययनमा पुर्वपश्चिम रेलमार्गको लागि निजगढ क्षेत्रमा ४ स्थानबाट रेखाङ्कन गरिएको थियो । जसमध्ये विभागले स्थानीय तहसंग समन्वय नै नगरी १ नम्बर रेखाङ्कनमा सर्भे कार्य शुरु गरेपछि स्थानीयले अवरोध गरेका थिए । बकैया खोलाको पूर्वी किनारबाट रेलमार्ग बनाउदा उपयुक्त हुने स्थानीयको भनाइ छ ।
निजगढ नगरपालिकामा भएको सर्वपक्षीय भेलाले निजगढ पश्चिमको बकैया खोलको पुर्वी किनारमा पर्ने २ नम्बर रेखाङ्कनको सर्भे गर्ने सहमति भएपछि विभागको टोलीले सो क्षेत्रको स्थलगत अनुगमन गरेको हो । बकैयाखोलाको पूर्वी किनारलाई समाउँदै रेलमार्ग लैजाँदा मानवबस्ती, निजी खेतीयोग्य जमीन नपर्ने, तटबन्धको दीर्घकालीन समस्यासमेत समाधान हुने नगरपालिकाको भनाइ छ ।
अनुगमन र स्थानीयसँगको छलफलपछि रेल विभागले पनि थानीयको धनमालमा क्षेति नपुग्ने गरी काम गर्ने प्रतिबद्धता जनाएको छ । बकैया खोला पुलपारि पश्चिमी किनारलाई समेत विकल्पको रूपमा अघि बढाउन विभाग सकारात्मक देखिएको छ ।
पूर्व–पश्चिम रेलमार्गको निजगढ–हेटौंडा–भरतपुर खण्ड बाहेक अन्य खण्डको डीपीआर पुरा भइसकेको छ । यसअघि गरिएको उक्त खण्डको डिपिआरमा निकुञ्ज र वन्यजन्तु आरक्ष क्षेत्र परेपछि सरकारले पुन ः डीपीआर गर्न लागेको हो । पूर्व पश्चिम रेलमार्ग अन्तर्गत बर्दिबासबाट पश्चिम र निजगढ पूर्वी खण्डमा ठेक्का सम्झौता भई निर्माण कार्य पनि अघि बढिसकेको छ । रेलमार्गको निम्ति कम्तीमा पनि ५० मिटर चौडाईको भू—भाग आवश्यक पर्ने र हाललाई ३ सय ५० मिटर दायाँ—बायाँको क्षेत्रलाई समेटेर सर्भे गरिने बताइएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन १०, २०७७
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२





