• विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । सर्बियाका जोकोभिचले मेलबर्नमा उपाधि जितेको यो नवौं पटक हो । जोकोभिचले रूसका मेदभेदेभलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि पक्का गरेका हुन् । ३३ वर्षीय जोकोभिचले चौथो वरीयताका मेदभेदेभविरुद्ध पहिलो सेटमा संघर्ष गर्नु परे पनि बाँकी सेट सहजै जितेका थिए ।

    जोकोभिचले जितका लागि एक घण्टा ५३ मिनेट समय खर्चिएका थिए । सर्दियाका जोकोभिचले २५ वर्षीय मेदभेदेभलाई ७–५, ६–२, ६–२ को सेटमा पराजित गरेका हुन् । जोकोभिचको यो १८औं ग्राण्ड स्लाम उपाधि हो । अब जोकोभिच राफेल नाडाल र रोजर फेडेररभन्दा दुई उपाधिले मात्र पछाडि छन् । नाडाल र फेडेरर दुवैले समान २० वटा ग्राण्ड स्लाम उपाधि जितेका छन् ।

4565