-
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको छ । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताउनुभएको हो । सुदुरपश्चिम प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आउने जानकारी दिदैँ उद्योग मन्त्री भट्टले सुखि नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको बताउनुभयो । ९ अर्ब रुपैयाँको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टको भनाई छ ।
कैलालीको हरैयामा साढे ३ सय बिगाहा क्षेत्रफलमा सेज निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुख्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अगाडी बढीरहेको जानकारी दिदैँ मन्त्री भट्टले खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य सुरु गरिएको पनि बताउनुभयो ।
निर्माणाधिन गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमकै मेडिकल विश्वविद्यालयको रूपमा बिकास गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री भट्टले तोकिएकै समयमा निर्वाचन हुने दाबी पनि गर्नुभयो ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३