-
राहतको रकम माग्दै सिन्धुपाल्चोक जुरे पहिरोपीडितले काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् ।दाताले दिएको रकम सरकारले दिन चासो नदेखाएको भन्दै उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् । सरकारले पीडितहरूको नाममा जम्मा भएको रकम प्रदान गर्ने व्यवस्था नगरेपछि पहिरो चरणमा सरकारको विरोध स्वरुप प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
पहिलो चरणको आन्दोलनपछि पनि आफ्नो नाममा जम्मा भएको रकम नपाए जुरे गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने उनीहरुले चेतावनी दिएका छन् । जुरे पहिरो प्रभावितहरुले आफूहरुको नाममा देश विदेशबाट नेपालीहरुले संकलन गरेको रकम समेत नदिइएको भन्दै आक्रोश पोखेका थिए । आफूहरुले सरकारबाट नभइ चन्दा आएको रकम माग गरेको प्रदर्शनमा सहभागी भएकाहरुले बताएका छन् ।
साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो। पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो ।
पीडितहरुलाई त्यतिबेला स्वदेश र विदेशबाट सहयोगी दाताहरुले तत्कालिन जिल्ला दैवीप्रकोप उद्धार समितिको कोषमा सहयोग रकम जम्मा गरेका थिए । जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेपनि त्यो रकम अहिलेसम्म पाउन नसकेको उनीहरुको गुनासो छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३ -
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३