-
जिल्ला भलिबल संघ कास्कीको आयोजनामा सम्पन्न प्रथम ‘गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्ला स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी जिल्ला भलिबल संघ र पुरुषतर्फ तनहुँ जिल्ला भलिबल संघले जितेको छ ।
पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज (सम्पन्न) महिला तर्फको फाईनल खेलमा पर्वतलाई ३–० को सोझो सेटमा हराउदै म्याग्दी च्याम्पियन बन्यो । भने पुरुषतर्फ स्याङ्जालाई ३–२ को सेटले पराजित गर्दै तनहुँले उपाधि जित्यो ।
यो उपाधिसँगै महिला तर्फको विजेता टोली म्याग्दी तथा पुरुष तर्फको विजेता टोली तनहुँले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान २÷२ लाख प्राप्त गर्याे । उपविजेता बनेको पर्वत जिल्ला भलिबल संघ र स्याङ्जा भलिबल संघले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान १÷१ लाखमा चित्त बुझायो ।
त्यस्तै सान्त्वना स्थान हाँसिल गरेको महिला तर्फको तनहुँको टोली र पुरुष तर्फ पर्वतको टोली ट्रफी मेडल तथा प्रमाणपत्र सहित समान ५०÷५० हजारबाट पुरस्कृत बने । उक्त प्रतियोगिताको महिलातर्फ म्याग्दीकी अरुणा शाही सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजारबाट पुरस्कृत बने । भने पुरुष तर्फ तनहुँका मिलन चन्द ठकुरी सर्बाेत्कृष्ट खेलाडीको पुरस्कार ५ हजार राशीको हकदार बने ।
विजेता तथा उपविजेता तथा सान्त्वना स्थान हाँसिल गरेका टिमहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष गरी कुल २० टिमको सहभागिता रहेको थियो ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२