• कास्कीको पोखरामा बुद्धटोल युवा क्लब बगरको आयोजनामा चौथो बिरेन स्मृति १४ औं बीटी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता हुने भएको छ । शनिवार पोखरामा पत्रकार सम्मेलन गर्दै क्लवले यहीं फागुन २२ गतेदेखि १४ औं बिटि कप प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

    क्लबका अध्यक्ष विजया गुरुङका अनुसार प्रतियोगिताको बिजेता टिमले ट्रफि, मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । उपबिजेता टिमले ट्रफि, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ रुपैया हात पार्नेछ । गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कार तर्फ म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने छ ।

    त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, हाईस्कोर र डिफेण्डरलाई तीन हजार र अनुशासिशत टिमले ७ हजार प्राप्त गर्नेछन् । कुल अनुमानित ५० टिमको सहभागिता रहेको सो प्रतियोगितालाई बिटी हङकङ, र बिटी युके सहप्रायोजक गरेको आयोजकले जनाएको छ ।

4565