-
निरू थापाको चार गोलमा निरीह चौदण्डीगढी नगरपालिकाले महिला राष्ट्रिय लिगको १२ औ खेलमापनि पराजित हुदा अंकको खाता नखोली लिग सकाएको छ।
राष्ट्रिय लिग भएपनि सो स्तरको टिम थिएन चौदण्डीगढीको र यो लिगभरि नै उसको प्रदर्शन उदेग लाग्दो रहयो। एकै खेलमा २२ गोल सम्म खाएको चौदण्डीगढीले लिगको अन्तिम खेलमा नेपाल प्रहरीसँग दश शुन्यको अर्को लज्जास्पद हार भोग्न बाध्य भयो। २९ मिनेटभित्रै चौदण्डीगढी चार शुन्यले पछि पर्यो। दुई पेनाल्टी सहित निरू थापाले तेस्रो, छैठौ, ११ औ र २९ औ मिनेटमा चार गोल गरिन। ३० औ मिनेटमा चौदण्डीगढीकी सुजाता राईले आत्मघाती गोल उपहार दिइन। गोलको वर्षात जारी रहदा निर्मला बिकले दुई गोल थप्दा पहिलो हाफमा नेपाल प्रहरीके सात शुन्यको अग्रता बनायो।यसपछि ६१ औ मिनेटमा सुनकला राईले गोल गरिन भने ८६ औ मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गरिन। इन्जुरी समयमा अमृता जैसीले अर्को एक गोल गर्दा नेपाल प्रहरीले दश शुन्यको सानदार जित निकाल्यो।
यो नेपाल प्रहरीको पाँचौ जित हो र १८ अंक सहित तेस्रो स्थानमा लिग पुरा गर्यो। चौदण्डीगढीले भने १२ खेलमा १२ मै हार बेहोर्यो र बिना अंक पुछारमा रहदै लिग साकायो। चौदण्डीगढीले १२ खेलमा मात्र चार गोल गर्यो भने १०७ गोल खायो।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३