• राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा वालिङ नगरपालिकाले सहज जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० ले हराएको छ ।

    लिगको अन्तिम खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरिन् ।जितसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङले ११ खेलमा १७ अंक जोडेको छ । चन्द्रपुर ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ । लिगको उपाधि भने एपीएफले जितिसकेको छ ।

4565