-
सरकारले बढी कर लगाउँदा नेपालको इन्टरनेट महँगो हुन पुगेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा इन्टरनेट वितरणः मुद्दा र चुनौतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि भएका सरोकारवालाहरुले नेपालमा इन्टरनेटमा लगाइने करका कारण इन्टरनेटको शुल्क महँगो हुन पुगेको बताएका हुन् ।
इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा पर्ने भएपनि सरकारले धेरै कर लगाउँदा सर्वसुलभ हुन नसकेको उनीहरुको भनाई छ । कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीले अन्य अत्यावश्यक सेवामा कुनै कर नलगाउने तर इन्टरनेटमा लगाउने गरेको बताउनुभयो । सरकारले नै इन्टरनेटमा कर बढी लगाएर सेव शुल्क महँगो बनाएको अध्यक्ष पराजुलीले बताउनुभयो ।
पूर्वाधारको सहप्रयोग गरी इन्टरनेट वितरण हुँदा लागत कम हुनसक्ने भएपनि सरकारले पूर्वाधार कम्पनी खोल्न सहयोग नगरेको पनि बताउनुभयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गरेको बताउनुभयो । सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।अर्थ मन्त्रालयका उपसचिव शरद निरौलाले सरकारले पूर्वाधार बनाउनको लागि लगानी गर्नुपर्ने भएकाले कर उठाउनै पर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले अवस्था हेरेर इन्टरनेटको कर हेरफेर हुने भन्दै लागत सस्तो हु“दैमा प्रयोग नबढ्ने दावी समेत गर्नुभयो । अहिलेपनि उपभोक्ताबाट इन्टरनेट सेवा महँगो भएको गुनासो नआएको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणका निर्देशक श्रीराम पाण्डेले विश्वको अनुभव हेरेर नै प्राधिकरणले पोलको भाडादर कायम गरेको भन्दै तत्काल पोल भाडा नघट्ने बताउनुभयो ।नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले नेपालको इन्टरनेट खासै महंगो नभएको बताउनुभयो । इन्टरनेटको लागत कम गर्नका लागि पूर्वाधारको प्रयोगलाई डुप्लिकेसन हुन दिन नहुने बताउनुभयो । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले वितरण प्रणालीलाई व्यवस्थित गर्न सक्दा समेत इन्टरनेटको लागत कम हुने उहाँले बताउनुभयो ।
इन्टरनेटको कर घटाउने र पूर्वाधार प्रयोगको भाडादर कम गरेमा इन्टरनेट सेवालाई सबैको पहुँचमा पु¥याउन सकिने सरोकारवालाहरुको भनाई छ । प्राधिकरणले आप्mनो पोल र ओपीजीडब्लु केवलको भाडा दर बढाउ“दा ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारमा समस्या भएको इन्टरनेट व्यवसायीहरुले बताएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३
-
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
अच्छा राई रसिकको ७४औँ स्मृति दिवसमा बहुभाषिक साहित्य गोष्ठी
बिहिबार, साउन २८, २०८३





