-
झापामा व्यावसायिक केरा खेती गर्दै आएका किसान सरकारी अनुदान प्राप्त हुन थालेपछि थप उत्साहित बनेका छन् । व्यावसायिक रुपमा खेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्रले केरा खेती ब्लक विकास कार्यक्रममार्फत आवश्यक उपकरण सहित मलखाद अनुदानमा उपलब्ध गराउन थालेपछि किसान केरा खेतीतर्फ थप आकर्षित बनेका हुन् ।
जिल्लाको बाह्रदशी गाउँपालिका, बत्तीसबिघामा कृषि ज्ञान केन्द्र झापाले केरा खेती ब्लक विकास कार्यक्रममार्फत कृषि औजारमा अनुदान र खेतीसम्बन्धी प्राविधिक ज्ञान दिन थालेपछि किसान केरा खेतीतर्फ थप आकर्षित बनेका हुन् । त्यहाँका किसानले दुर्गा माता कोला खेती तथा कृषि फर्म स्थापना गरी १ सय ५० बढी बिगाहा क्षेत्रफलमा सामुहिक रुपमा केरा खेती गरेका छन् । ज्ञान केन्द्रको १३ लाख अनुदान र समूहको ९ लाख ८८ हजार गरी २२ लाख ८८ हजारको कार्यक्रम सो समूहले सञ्चालन गरेको छ ।
धान, मकै लगायतका अन्य बालीको तुलनामा राम्रो आम्दानी हुने र कम झन्झटिलो भएको हुनाले केरा खेतीमा कृषको आकर्षण बढेको छ । सिँचाईका लागि आवश्यक डीप बोरिङ, स्प्रे, कोदालो, सिक्कल, हाते ट्रयाक्टर जस्ता कृषि सामग्रीले कृषकलाई सहजता थपेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा आर्थिक बर्ष २०७६÷२०७७ देखि केरा ब्लक कार्यक्रम लागु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केराको उत्पादन र प्रबद्धधन बढाउन कृषकलाई अनुदान प्रदान गरिंदै आएको ज्ञान केन्द्रको भनाई छ ।
कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा १९ सय हेक्टरमा व्यवसायीक रुपमा केरा खेती हुंदै आएको छ । जिल्लामा उत्पादित केरा झापा सहित मोरङ, सुनसरी तथा काठमाण्डौंका बिभिन्न बजारमा खपत हुंदै आएको छ । एभिन्यूजखबरकालागि।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३