-
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा रहेको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र रहेको छ । राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र छाड्ने ठेकदारले भने भुक्तानी लिइसकेको छ ।
बाराको सिमरास्थित रगंशालामा प्याराफिट निर्माणका लागि २०७२ सालमा ८२ लाखमा रिजन निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । यस कम्पनीले एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेपनि काम रङ्गशालालाई अलपत्र पारिदिएको भएतापनि ठेक्काको कबोल बमोजिमको सबै रकम कम्पनीले भुक्तानी पाइसकेको जिल्ला फुटबल संघले जनाएको छ । सिमरा रंगशालामा निर्माणाधीन दुई वटा प्याराफिट अलपत्र अवस्थामा भएपछि अहिले सबैखाले प्रतियोगिता तथा खेलकुदको गतिविधि गर्न आयोजक संस्थाहरूलाई सकस भएको छ ।
रगंशालाको प्याराफिट निर्माण काम अधुरै रहेको तथा सहमति अनुसार काम नभएको बारा जिल्ला फुटबल संघले जनाएको छ । समयमै प्याराफिट निर्माणको काम सम्पन्न नहुदाँ यो वर्ष पनि खेलकुद गतिविधि गर्न समेत समस्या देखिएको छ।
निर्माणधीन २ वटा प्याराफिटमध्ये रिजन निर्माण सेवाले प्याराफिटमा रेलिङ र सेफ्टी लगायतका काम अलपत्र छोडेको छ भने अर्को ठेकदार कम्पनी सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम गरेको छ । सुमन निर्माण सेवा कलैयाले १ करोड ७० लाख रुपैयाँमा लिएको ठेक्का ३६ प्रतिशत कममा सकारे पनि कोरोना महामारीका कारण खेलकुद परिषद्ले रकम फिर्ता लगेपछि प्याराफिट निर्माणको काम अलपत्र परेको जनाएको छ ।
प्याराफिट निर्माण जिम्मा सकारेको रिजन निर्माण सेवाले रेलिङ, सेफ्टी र प्याराफिटको रंगरोगन लगायतको निमाण गरेर हस्तान्तरण गर्नुपने भएतापनि हाल सम्म रेलिङ, सेफ्टी निर्माणको कार्य हुन सकेको छैन । यस ठेकदार कम्पनीले प्याराफिट निर्माणको अन्तिम बिलको भुक्तानी गत आर्थिक वर्षमै लिइसकेको बताईएको छ । अर्को ठेक्का कम्पनी सुमन निर्माण सेवाले २०७७ जेठ मसान्त भित्रै सक्नुपर्ने भिआइपी प्याराफिट निर्माणको काम कोरोनाका कारण ढिलो भएको जनाएको छ । १४ बिगाहा क्षेत्रफलमा फैलिएको यो खेलकुद मैदान बारा जिल्लाको सबैभन्दा ठूलो खेलमैदान हो ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३
-
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेत गराउँदै इटहरी लेडी जेसीज
बुधबार, साउन २७, २०८३