-
इटहरी । पुर्वी नेपालको आन्तरिक पर्यटन प्रवद्धनमा जाडो मौषममा बनभोज खानेहरुले उल्लेखिय योगदान गर्दै आएका छन ।
News Desk 0 response मङ्लबार, माघ २७, २०७७
प्रदेस नम्बर १का विभिन्न सिमसार तथा पर्यटकीय स्थलहरुमा जाडो मौषममा टाढाटाढा देखि आउनेहरुले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउदै गरेका हुन ।
जाडो मौषममा बनभोज खान जाने चलन पुर्वी नेपालमा धेरै वर्ष अघि देखि हुदै आएको भएपनि केही वर्ष यता देखि बर्षै पिछे फरकफरक ठाँउमा बनभोज खान जाने गरेको कारण पनि आन्तरिक पर्यटन प्रवद्धनमा टेवा पुग्दै आएको छ । सुनसरीको रामधुनी ७मा रहेको रास तालमा बनभोज खान आएकी शान्ता कार्की वर्षमा एक पटक कम्तीमा बनभोज खान जाने गरेको तथा हरेक वर्ष फरक फरक ठाउँमा जाने गरेको वताउछिन ।
गाउँघरका साथीभाई इक्ष्टमित्रहरु मात्र हैन आफन्तहरु ीमलेर समेत नजिकै बनभोज खाने चलन पहिले देखि भएको भएपनि अहिले टाढाटाढा सम्म पनि जान थालिएको कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा बनभोज खानेहरुले उल्लेखिय योगदान पुर्याउन थालेको उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष दिवस पोखरेल वताउछन । उनले बनभोजले आन्तरिक पर्यटन प्रवद्र्धनका साथै स्थानीय स्तरमा व्यापार व्यवसाय वढाउन मर्मत पुरयाउने हुदा स्थानीयको आयस्रोतमा वृद्धि समेत हुने विश्वास व्यक्त गरे ।
बनभोज सहित संघ संस्थाहरुले समेत जाडो मौषम साधारण सभा गोष्ठी आदि पनि पर्यटकीय क्षेत्रहरुमै गर्ने गरेका कारण समेत जाडो मौषममा आन्तरिक पर्यटकहरुको चहलपहल पुर्वी नेपालमा बढी हुने गरेको छ ।
घनाजंगल पोखरी भएको आकर्षक क्षेत्र रहेका ठाउँहरुमा पर्यटन प्रवद्धनमा सहयोग पुरयाउन आफुहरु पनि लागि परिरहेको तरहराको युवा क्लवका अध्यक्षले वताए ।
मंसिर महिना लागे देखि फागुन पुर्वी नेपालमा इलामको फिकल ,माई पोखरी , झापाको दोमुखा, जामुनखाढी , मोरगंको वेतना सीमसार क्षेत्र ,लेटागं र सुनसरीको तालतलौया , भेडेटार , कोशी टप्पु वन्य जन्तु आरक्ष, रास ताल , शंकरबेदी लगायतका स्थलमा वनभोज खान आउनेहरुको घुइचो देखिन्छ । खास गरी बनभोज खान आउनेहरुको रोजाईमा प्राकृतिक तथा कृतिम रुपमा मनोरम वनाइएका सिमसार क्षेत्रहरु पर्ने गरेका छन ।
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आकर्षण गर्न पुर्वी नेपालका रहेका विभिन्न सिमसार क्षेत्रहरुमा प्राकृतिक तथा कृतिम रुपमा समेत सजाउने काम गर्न थालिएको छ ।
पुर्वका चर्चित वनभोज स्थलहरुमा विभिन्न जिवजन्तुहरु राख्ने देखि लिएर वालवालिकाहरुका लागि खेलकुदका सामाग्रीहरु समेत राख्न थालिएका छन । जल सहरका लागि डुगां , बोट ,जलपरी आदि समेत राखेको पाइन्छ । वनभोज खानेहरुले प्राय विदाको दिन अथवा शनिवारलाई वढी प्राथमीकता दिएको पाइन्छ ।
सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट सेवा प्रदायकका लागि बाल यौन दुरुपयोग रोकथामसम्बन्धी अन्तरक्रिया सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
एपाक आईपीभी–६ काउन्सिल बैठक सम्पन्न, डिजिटल पूर्वाधार सुदृढीकरणमा नयाँ गति
आइतवार, चैत्र २९, २०८२ -
हिल भ्यु एकेडेमीको १७औँ अभिभावक दिवस,पुरस्कार वितरण र नतिजा प्रकाशन कार्यक्रम सम्पन्न
आइतवार, चैत्र २९, २०८२ -
पर्यटन पत्रकारिता तालिम सुरु, कोशीका गन्तव्य उजागर गर्ने लक्ष्य
बुधबार, चैत्र २५, २०८२

आइतवार, चैत्र २९, २०८२