• अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित ११ जनाको मृत्यु भएको छ । कुश्मा नगरपालिका–३, दुर्लुङमा स्थानीय माधव पौडेलको घर पहिरोले पुरिँदा उनकी ७५ वर्षिया आमा कौशिल्या पौडेल, ३५ वर्षिया श्रीमति भगवती पौडेल, छोरीहरु १६ वर्षकी विमला, ११ वर्षकी विनिता र छोरा ९ वर्षका बिनोदको ज्यान गएको हो । घरमुली माधव भने बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । त्यस्तै कुश्मा–११ पकुवामा पनि पहिरोले घर पुरिँदा अन्य तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया डल्ली पौडेल, उनकी ४० वर्षीया बुहारी मायाकुमारी र तीन वर्षीय नाति प्रयुशु पौडेल रहेका छन् । त्यस्तै कुश्मा ११ सिल्मेमा पनि पहिरोले घर पुरिँदा ३८ वर्षिया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको ज्यान गएको छ । मोदी गाउँपालिका–७ राम्जाकी दुर्गा आफन्तकहाँ पाहुना आएकी थिइन । त्यस्तै मोदी गाउँपालिका–५ अम्मोटकी ५ वर्षिया फुलमाया थापाको पनि पहिरोमा परेर मृत्यु भएको छ ।

4565