-
अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । पोखरा–२० भलाममा चारजना र पोखरा–११ काहुँमा एक जनाको पहिरोमा परी ज्यान गएको हो । मृत्यु हुनेमा भलामको ¥याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङ छन । उनीहरुका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् ।
नौ वर्षीय छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भलामकै मुलाबारीमा घर माथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ बर्षीय छोरा सुजन सार्कीको मृत्यु भएको छ । सो स्थानमा थप पाँच घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने महेन्द्र माविसहित आठ वटा घरमा आंशिक क्षती भएको छ ।
पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । सोही वडाको कसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु र छोरा गिरीश घाइते भएका छन । पोखरा ८ फिर्के खोलामा रहेको मोटरेवल समेत बाढीले बगाएको छ । वडा नम्बर ३ मा जमिन भासिएको छ । जमिन भासिँदा देउबहादुर पुन, छविबहादुर पुन र बलबहादुर पुनको घरमा क्षती पुगेको छ ।
News Desk 0 response बिहिबार, भदौ १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





