• नेपालमा बिहीबार थप दुई हजार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टीजेन परिक्षणका क्रममा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ४८ हजार २ सय ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ ।

    नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ७ सय ८६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ हजार ८ सय ४६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २१ हजार १ सय ८२ संक्रमित कोरोना मुक्त भएका छन् । हाल नेपालमा ३३ हजार ९ सय ४६ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २ जना क्वारेन्टाइनमा छन् । हालसम्म ३९ लाख ३६ हजार ४ सय १६ वटा पिसिआर र ४ लाख ७७ हजार २ सय ६० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

4565