• नेपालमा थप २ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १० हजार ६ सय १२ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ४८ जना र ४ हजार ३ सय २३ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख ४८ हजार २ सय ४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाका कारण १० हजार ७ सय ७० जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा ३ हजार ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा कूल संक्रमितमध्ये ७ लाख १९ हजार ३ सय ३६ संक्रमित कोरोना मुक्त भएका छन् ।

    हाल ३४ हजार १ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ११ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३९ लाख २५ हजार ७ सय ५८ वटा नमुना पिसिआर र ४ लाख ७३ हजार २ सय ६८ वटा नमुना एन्टीजेन विधिबाट परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565