-
कोशी उकास क्षेत्रमा कबुलियती वन निर्माण गरिने भएपछि उदयपुरको बेलका नगरपालिका क्षेत्रका सुकुम्बासी बस्तीहरु विस्थापित हुने भएका छन् । बस्ती विस्थापित हुने भएपछि त्यस क्षेत्रका स्थानीयले चिन्ता व्यक्त गर्दै आफूहरुलाई नहटाउन माग गरेका छन् ।
उदयपुरको बेलका नगरपालिका क्षेत्रमा पर्ने कोशी उकास क्षेत्रलाई संरक्षण गर्दै जडिबुटी खेती र कृषि पर्यटनमा जोड दिने उद्देश्यले सरकारले कबुलियती वन बनाउने निर्णय गरेको छ । यसबाट वर्षौंदेखि कोशीको उकास जमिनमा बसोबास गर्दै आएका सुकुम्बासीहरु विस्थापित हुने भएका छन् । स्थानीय बासिन्दाहरुले सरकारले कबुलियती वन निर्माण गर्दा आफूहरु विस्थापित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सव–डिभिजन वन कार्यालय मैनामैनीले भने सुकुम्बासीहरुको बसोबास रहेको क्षेत्र कबुलियती वनका लागि सिफारिस नभएको बताएको छ । कोशीको उकास जमिन अन्तरगत नगरपालिकाको वडा नम्बर ३ तर्फको १ सय ७६ दशमलव २३ हेक्टर जमिन मात्रै कबुलियती वनका लागि सिफारिस भएको र उक्त क्षेत्रमा मानव वस्ती नरहेको कार्यालयको भनाई छ ।
कबुलियती वन वनाउने निर्णयले आफूहरु विस्थापित हुने भन्दै सुकुम्वासी वस्तीका मानिसहरुले सघर्ष समिति बनाएर निर्णय फिर्ता गराउन सक्रियता बढाएका छन् । यस क्षेत्रमा करिब १ हजार ३ सय घरपरिवार बसोबास गर्दै आएका छन् ।
News Desk 0 response आइतवार, भदौ १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





