• प्रहरीले २ किलो ९ सय ६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले आइतबार तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको हो । दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्यूरोले जनाएको छ ।
    कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ । तान्जेनियन नागरिक किमारोले कोकिन भारत लैजाने तयारी गरेका थिए ।

    सार्लीलाई प्रहरीले काठमाडौंको कमलादीमा रहेको एक होटलबाट पक्रेको थियो । किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ परेका हुन । दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट गराउँदै भारतमा कोकिन लैजाने तयारी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको लागू औषध र अभियुक्तहरुलाई नियन्त्रणमा लिएको हो ।

4565