पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता
-
अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । तराईका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने पहिरोले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारेको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरोमा परेर एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जनाको गम्भीर अवस्थामा उद्दार गरिएको छ ।
चारघरेका हस्तबहादुर पुलामीको घर माथिबाट आएको पहिरोले पुरिँदा ५० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएकी हुन् । पहिरोमा परेर हस्तबहादुर गम्भीर घाइते भएका हुन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको बताइएको छ । निरन्तर वर्षाका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार पनि डुबानमा परेको छ । परासी हुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो । बजारको अधिकांश स्थान जलमग्न भएका छन । बजारका सयौं घर डुबानमा परेका छन् । रामग्राम नगरपालिकाका अधिकाशं भुभाग समेत डुबानमा परेका छन ।
बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयमा पनि २ देखि ५ फिटसम्म पानी जमेको छ । जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर, सुस्ता, बर्द्घाट नगरपालिकाका केही वडा पनि जलमग्न भएका छन भने पूर्वपश्चिम राजमार्गको ठाउँ–ठाउँमा सडक अवरुद्ध छन ।
वर्षाकै कारण रुपन्देही, कपिलवस्तु र नवलपरासीको दक्षिणी क्षेत्रका अधिकांश स्थान डुबानमा परेका छन् । रुपन्देहीको बुटवल, तिलोत्तमा, सैनामैना, भैरहवा देवदहका अधिकांश भूभाग डुबानमा परेका हुन् । पुर्व पश्चिम लोकमार्गको देवदह –७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





