-
निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । निर्वाचन आयोगबाट दुवै दलले दल दर्ताको प्रमाणपत्र पाएका छन् । दल दर्ताका लागि दिएको निवेदनमाथि आयोगले बुधबार दल विभाजनमा जान चाहनेहरुको सनाखत गराएर नयाँ दल दर्ता गरेको हो ।
एमालेबाट छुट्टिएका संघीय संसदका ३० जना सांसदसहित ५५ जना केन्द्रीय सदस्य रहने गरी नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिएको निर्वाचन आयोगले जनाएको छ । एमालेबाट छुट्टिएर नयाँ दलमा जान चाहेका तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको बारेमा भने आयोगले कुनै निर्णय गरेको छैन । उनीहरू अब वैधानिक रुपमा एमालेकै सांसद हुन्छन् ।
माधवकुमार नेपाल नेतृत्वमा दल दर्ता प्रक्रिया अघि बढाउँदा उनीहरूको नाम समावेश नभएकाले आयोगले सनाखतमा समावेश नै नगराएको हो । त्यसैगरी महन्थ ठाकुरको दललाई जनता समाजवादी पार्टीबाट छुट्टिएका १४ जना संघीय सांसदसहित १७ जना केन्द्रीय सदस्य रहने गरी आयोगले मान्यता दिएको छ । अब आयोगले संसद सचिवालयलाई दल दर्ता भएको औपचारिक जानकारी पठाउने छ ।
News Desk 0 response बुधबार, भदौ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३