• नेपालमा थप २ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ६२ र ५ हजार ५ सय ७९ एन्टीजेन परिक्षणका क्रममा ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३४ हजार ४ सय ५० पुगेको छ ।

    त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ६ सय १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ८१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ३ हजार ९ सय ६४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३८ हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र ३ सय ९६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३८ लाख ५९ हजार १५ वटा पिसिआर र ४ लाख ४५ हजार ६ सय ५७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

4565