• कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ गतेसम्म थपिएको छ । आज बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साविककै आदेशलाई निरन्तरता दिँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । अहिले जारी निषेधाज्ञा भदौ ८ गते रातीसम्म कायमै छ । तर यसअघि राती ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियमलाई भने तत्कालका लागि हटाइएको छ ।

    ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनलाई स्वास्थ्य मापदण्ड पालना गरेर चलाउन पाइने प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निर्णय गरेको छ । सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनको कार्यविधि अनुसार अहिले उपत्यकामा सीडीओहरुले निषेधाज्ञा लागू गरिरहेका छन् । हाल सार्वजनिक स्थानमा भीडभाड गर्न, सभा सम्मेलन र जुलुस गर्न रोक लगाइएको छ । प्रशासनले जात्रा, महोत्सवमा पनि निषेध गरेको छ, तर यो गतिविधि भने रोकिएको छैन । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन–पाठन निषेध छ । मनोरञ्जन र खेलकुदका क्षेत्रमा पनि निषेध छ ।

4565