• निषेधाज्ञापछि खुलेको ललितपुरस्थित सदचिडियाखानामा यतिबेला अवलोकन गर्न जाने मानिसको संख्यामा कमी आएको छ । कोरोना अगाडि सामान्य अवस्थामा दैनिक १८ सय भन्दा बढि मानिस जाने गरेको चिडियाखानामा अहिले फाट्टफुट्ट मात्रै मानिसहरु पुग्ने गरेका छन ।

    कोरोना माहामारीको कारण सरकारले निषेधाज्ञा गरेपछि ललितपुरको जावलाखेलमा अवस्थित सदर चिडियाखानामा ठुलो संख्यामा आर्थिक भार समेत परेको छ । अवलोकन ।गर्न आउने मानिसले तिरेको पैसाबाट चिडियाखानामा अवस्थित हजारौ प्राणीको जिविका चलेको थियो । तर गत बर्षदेखिनै पटक पटक सरकारले लकडाउन गर्दे आएपछि चिडियाखाना भित्रका जीव बचाउन समेत कठिन भएको छ ।

    निषेधाज्ञको अवधिमा सदर चिडियाखानाले १४ करोड घाटा बेहोरेको छ । जनावर हेर्न आउने मानिसको संख्या यसरी नै घट्दै जाने हो भने जनावरहरुको हेरचाह र कर्मचारीलाई तलव ख्वाउन समेत समस्या पर्ने अवस्था छ । मानिसहरु नआउदा आर्थिक हानी त छदैछ । जनावर समेत मानिस देख्न नपाउदा दुःखी भएको चिडियाखाना व्यवस्थापनको भनाइ छ ।

    अहिले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोके अनुसारको स्वस्थ्य मापदण्ड अपनाएर चिडियाखाना सञ्चालनमा ल्याइएको छ । चिडियाखाना घुम्न जाने थोरै संख्याबाट उठेको रकमले जनावरलाई खाना खुवाउन नपुग्ने भएकाले सरकार लगायत अन्य संघसंस्थासंग सदर चिडियाखानाले सहयोगको समेत माग गरेको छ । गत बर्ष चैत्रमा लकडाउन भएपछि बन्द चिडियाखाना नौ महिनापछि मंसिरमा खुलेको थियो । दोस्रो लहरसँग बन्द चिडियाखाना पछिल्लो पटक साउन एकगतेवाट खुलेको हो ।

4565