-
काठमाडौं जिल्लामा आजदेखि १८ वर्षमाथिका कक्षा १२ मा अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन सुरु गरेसँगै खोप केन्द्रहरुमा भीड लागेको छ । स्वास्थ्य सेवा विभागको भदौ ३ को निर्णयअनुसार भेरोसेल खोपको पहिलो मात्रा विद्यार्थीलाई दिन सुरु गरिएको हो ।
१८ वर्ष माथिका कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीले भदौ ६ गतेसम्म खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरि चालिस वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका ३२ वटै वडा र पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । अन्य नगरपालिकाको हकमा पनि सोही स्थानीय तहले तोकेको खोप केन्द्र निर्धारण गरिएको छ ।
सशस्त्र प्रहरी अस्पताल, बलम्बु, वीरेन्द्र सैनिक अस्पताल, छाउनी राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, रत्नपार्क, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली र शिक्षण अस्पताल, महाराजगञ्जबाट पनि खोप लगाउने व्यवस्था गरिएको छ ।
News Desk 0 response शुक्रबार, भदौ ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३